एलिन के सी
तुलसीपुर उपमहानगरपालिका वडा न. १३ को सहयोग तथा दलित कल्याण संघको आयोजनामा ३ दिने जातीय विभेद तथा लैङ्िगक हिंसा न्यूनीकरण सम्बन्धि अभिमुकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर १३ को फरक फरक ठाउमा एक एक दिन २४, २५ र २६ गते गरि तीन दिन सम्म संचालन भएको सो कार्यक्रममा करिब ७५ जना भन्दा बढी सहभागी हुनुभएको थियो । कार्यक्रमको अध्यक्षता दलित कल्याण संघका सचीव सन्तोष चनारा प्रमुख अतिथी १३ न. वडाका वडाध्यक्ष मोहनलाल पौडेल अतिथिहरुमा वडा सदस्य बेलमती परियार तथा वडा सदस्य खिमकान्त पाण्डे हुनुन्थ्यो । कार्यक्रममा सन्तोष परियार , सन्तोष चनारा र जानकी बिश्वकर्माले प्रशिक्षण गर्नुभएको थियो । समाजमा व्याप्त रहेको जातीय विभेद तथा महिला हिंसा क्यान्सरको रुपमा फैलिएर समाजलाइ नै वाधा पुर्याएकोले भौतिक विकासका साथसाथै मानशिक र बौद्धिक विकास पनि आबश्यक हुने अध्यक्ष पौडेलले बताउनुभयो । । कानुनी रुपमा नै अन्त्य भैसकेको जातीय विभेद अहिले सम्म कायम रहनु भनेको समाजलाइ नै पछाडि धकेल्ने हुदा भएका कानुन कडा रुपमा लागू हुनुपर्ने सदस्य बेलमतीले परियारले बताउनुभयो । अब समाजमा भएको विभेद तथा लैङ्गिक हिंसालाई सहनुभन्दा उजुरी दिनुपर्ने तथा आवाज उठाउनुपर्ने वडा सदस्य खिमकान्त पौडेलले बताउनुभयो ।त्यसैगरी अब समाजमा कुनै पनि खालका विभेद नगर्ने र गर्न पनि नदिने सहभागीहरुले बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण जानकी बिस्वकर्माले गर्नुभएको थियो ।