Thu. Mar 27th, 2025

११भदौ -दाङ । दाङमा आज देखी सवारी साधनमा जोरविजोर प्रणाली लागु भएको छ । स्थानिय प्रशासनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गदै सवारी साधनमा यस्तो नियम लागु गरेको छ । गएको साउन ८ गते देखी दाङमा छोटो दुरीका सार्वजनिक यातायातका साधन पनि सन्चालनमा रहेका छन् । जसले गर्दा सडक तथा बजारमा सवारी साधनको अत्यधिक चाप बढेको छ । सवारी साधनको चाप बढेपछि भिडभाड पनि बढि हुने गरेको भन्दै सार्वजनिक तथा निजि नम्वर प्लेटका साना तथा ठुला जुनसुकै गाडीमा जोर विजोर प्रणाली लागु हुने जिल्ला प्रहरी कार्यालले जानकारी दियको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *