Wed. Apr 23rd, 2025

बैशाख १०, दाङ।

दाङमा कोरोना भाइरस संक्रमित एक १५ वर्षीया विद्यार्थीको मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शुक्रवार बिहान १ बजेतिर मृत्यु भएको हो। स्वास्थ्य समस्या देखिएपछि उनी वैशाख ८ गते उपचारका लागि भनेर बुटवल गएका थिए। बुटवलपछि  भैरहवास्थित कोरोना अस्पतालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *