
जेष्ठ ९, दाङ । दारी ग्याङ दाङ्ले आजबाट तुलसीपुर बजार भित्र बाटो मा रहेका मानवका बफादारसाथि कुकुर लाई खाना अनि गाइबस्तु लाई घास खुवाउन सुरु गरेको छ। यो कार्यक्रमलाई ७ दिन सम्म निरन्तरता दिने यस संस्था का सल्लाहकार अमर रिजाल (बिमल ) ले जानकारी दिनु भएको छ । तुलसीपुर बसपार्क देखि गुमराहा चोक हुँदै हातिखौवा सम्म पुगेर चौपायाहरुलाइ खाना बितरण गरेको कुराको जानकारी रिजाल जनाउनु भएको छ। साथै
दारी ग्याङले बिगत १३औ दिन अघिबाट यो महामारीको बेलामा ज्याला मजदुरि गरि खान गाह्रो भएका तथा विपन्न परिवारलाइ राहत प्रदान गर्दै आएको यस संस्था का संयोजक सन्तोष भण्डारि(चरी) ले बताउनु भएको छ ।
सहयोग गर्न चहानेहरुले ग्लोबल आइ.एम.इ वैक तुलसीपुर शाखामा नारायण गौतम/मनिष गौतमको नाममा रहेको खाता न =५७०७०१००१०८७७ वा इ-सेवा न =९८५७८८२५० मा गर्न सकनुहुनेछ ।