नेकपा दाङ द्वारा विरामी कुरुवा प्रतिक्षालयको शिलान्यास

Bydipak oli

२०७८ जेष्ठ १८, मंगलवार १२:१७ गते २०७८ जेष्ठ १८, मंगलवार १२:१७ गते २०७८ जेष्ठ १८, मंगलवार १२:१७ गते #diapak oli, #diapak oli sushant malla

हेमन्त वली जेष्ठ-१८,दाङ। विप्लवले नेतृत्व गरेको नेकपा दाङले आज कोरोना बिशेष अस्पताल बेलझुण्डिमा विरामि कुरुवा प्रतिक्षालयको शिलान्यास गरेको छ। प्रतिक्षालयको शिलान्यास प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल वलीले गरेका थिए। शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी समेत रहेका वलिले नेपालमा बैज्ञानिक समाजबाद स्थपना गर्नुको कुनै अर्को विकल्प नरहेको जिकिर गर्नुभयो।उहाले नेपाली जनताको रक्षा र नेपाल राष्ट्रको रक्षाको निम्ति बैज्ञानिक समाजबाद नै अहिलेको निसर्त आबश्यक्ता रहेको बताउनुभयो।उहाले कोभिडका विरुद्ध राज्यले प्रचारात्मक रुपमा केही गरेपनी मुलभुत रुपमा जनताप्रती उत्तरदायी नभएको बताउनुभयो।जनताको जिबनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुडिको बेमौसमी बाजा बजाइरहेको उहाको ठहर छ। एक अर्को प्रसंगमा बिरामिलाइ उपचारमा सहयोग पुर्याउने उदेश्यले प्रतिक्षालयको निर्माण गर्न लागिएको बताउनुभयो।उहाले प्रतिक्षालय निर्माण पार्टीको योजना र जनताप्रती उत्तरदायी व्यवसायीहरुको सहयोगमा निर्माण भइरहेको बताउनुभयो।उहाले सम्पुर्ण नेता-कार्यकर्तालाइ पार्टीको लक्ष्य योजना अनुसार एक साता भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो। यस्तै कार्यक्रममा मन्तव्य राख्दै राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष अतिथी पदम न्यौपानेले बिरामिका आफन्तलाई आश्रय स्थलको रुपमा निर्माण हुने प्रतिक्षालयले कोभिडका विरुद्धको लडाइमा महत्वपूर्ण भुमिका खेल्ने बिस्वास व्यक्त गर्नुभयो।उहाले प्रतिक्षालय निर्माण गर्ने कार्यको खुलेर प्रसंसा गर्दै नेकपा दाङलाइ धन्यवाद व्यक्त गर्नुभयो। शिलान्यास कार्यक्रममा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर वली,नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिप वली,युवा संगठन नेपालका केन्द्रीय सदस्य द्वोय तिलक योगी,बिरेन्द्र बिक,नेकपा दाङ जिल्ला सदस्य मदन केसि ,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य डिल्ली वली,मेडिकल सुपरिटेन्डेन्ट डा.बिनोद सिंह,प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपाने,कोरोना बिशेष अस्पताल बेलझुण्डिका व्यवस्थापक दोर्ण वली,संस्कृत बिश्वबिद्धालय कर्मचारी व्यवस्थापक बिनय पोख्रेल,तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वलीको आतिथ्य रहेको थियो भने कार्यक्रमको संचालन पार्टी जिल्ला कमिटी सदस्य मनोजले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो