Thu. Mar 27th, 2025

कार्तिक२६।
नेपालमा आज थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ।सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख नाघ्दै २,०२,३२९ पुगेको छ।
अहिलेसम्म नेपालमा १,१७४ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ।कुल सङ्क्रमितमध्ये १,६२,२४३ जना सङ्क्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *