
जेष्ठ-१२।
नेपालमा आज ६,७१४ जनामा कोरोनाभाइरस सङ्क्रमण र १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
बितेको २४ घण्टामा १९,३५२ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको बुधवार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।सो अवधिमा ६,७१६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ जुन सङ्ख्या उल्लेखित कुल दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ।नेपालमा विगत २४ घण्टामा परीक्षणबाट सङ्क्रमण पुष्टि हुने दर ३४.७ रहेको छ।