बैशाख १५। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ७ सय ७४ जना र एन्टिजेन विधिबाट १२३ जना गरी ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ जना गरी २ हजार ४७ संक्रमित थपिएका छन्।