Fri. Jul 19th, 2024

बैशाख १०, तुल्सिपुर दाङ।

नेपाल दलित मुक्तिमोर्चा तुलसीपुर उपमहानगरपालिकाकाे बिस्तारित बैठक आज सम्पन्न भएको छ। दलित मुक्तिमोर्चाका अध्यक्ष प्रकाश परियारकाे सभापतित्व एबम नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एबम लुम्बिनी प्रदेस सचिब जग प्रसाद शर्मा अपार प्रमुख अथिति रहेको उक्त बैठकमा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य एबम तुलसीपुर उपमहानगरपालिका नगर अध्यक्ष खुसिराम चाैधरि रहनु भएको थियो । कार्यक्रममा दलित मुक्तिमोर्चा दाङ जिल्ला संयोजक हिरा सारथि सुनार, मानसिङ सुनार , बेदप्रसद ओलि लगायतका नेताहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा दलित मुक्तिमोर्चा दाङ जिल्लाका संयोजक हिरालाल सुनार सारथिले दलितहरु जहिले पनि पछाडि परेकाे हुदा अबका आउदा दिनहरुमा दलित समुदायलाई पछाडि नपारेर समान रुपले व्यबहार हुनुपर्छ र अबका दिनमा दलित महिलाहरु दमन शोषितमा परेको हुदा यस्तो नहाेस भनेर मन्तव्य राख्नु भएको थियो ।
उक्त बैठमा नेकपा माओवादी केन्द्र तुल्सिपुर नगर अध्यक्ष खुसिराम चाैधरिले दलितलाई हाम्रो पार्टीले सम्मान रुपले हेर्दै आएको र अझै पनि दलितका एजेन्डाहरु लिएर पार्टी जहिलेनि अगाडि बढ्दै जाने कुरामा प्रतिज्ञा गर्नु भयो। यस्तै प्रमुख अतिथि जग प्रसाद शर्मा अपारले समाबेसि रास्ट्रमा कसैलाई पनि बिभेद गर्न नहुने र दलितका लागी थप उत्थानका कार्यक्रमहरु ल्याएर अगाडि बढ्न पार्टी तयार रहेको कुरामा जिकिर गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *