तुलसिपुर ,२५/दिपक ओलि पुर्ब जनमुक्ती सेना संघ नेपालको प्रदेश ५ दाङ जिल्ला आयोजना कमिटि गठन गरिएको छ। २०७७/०४/२४ गते शनिबारका दिन दाङको बेल्झुन्डिमा दाङ जिल्ला भर रहनु भएका पुर्ब जनमुक्ती सेना संघ नेपालका तत्कालीन कमान्डर देखि सदस्य सम्मको सहभागीता रहेको थियो । दाङ जिल्ला पुर्ब जनमुक्ती सेना संघ नेपाल जिल्ला भेला आयोजक कमिटीका अध्यक्ष श्री लाल बहादुर बुढाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अथिती पुर्ब जनमुक्ती सेना संघ नेपालका केन्द्रिय उपाध्यक्ष श्री भिम बहादुर के सि (भुगोल)को उपस्तिथिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमला जोड दिदै प्रमुख अथिती भिम बहादुर के सि ले समाज परिबर्तन गर्नका लागि पुर्ब जनमुक्ती सेना संघ नेपालको हजारौ बलिदान दिदै त्याग तपस्या रगत पसिना बगाउदै आएको आम जनमासमा सर्ब जिबित रहेको र दसौं बर्ष अरुको लागि लडेउ अब आफ्नो लागि लड्छौ भन्ने मुल नाराका साथ अब पुर्ब जनमुक्ती सेना देश भर एक जुट हुन आबश्यक रहेको कुरा सम्पुर्ण जनमुक्ती सेना सेनाहरुलाइ अपिल गर्दाइ आफ्ना भनाइ राख्नु भएको थियो ।
उक्त जिल्ला भेला आयोजक कमिटीका अध्यक्ष लाल बहादुर बुढाको अध्यक्षतामा ११ सदस्य आयोजक कमिटी गठन गरिएको थियो। उक्त कमिटीमा=सम्योजक-लाल ब.बुढा (कान्ति)सह-सम्योजक- शेर ब. कुसारी (गौरब)सदस्य -टीका राना(बन्दना),रेखा खड्का(रेखा),प्रेम ब.राना(प्रदिप)कमला बि क(कमल)बृहस्पति सुनार(बिचार) डिल्लि ददेल(बिप्लप)सर्मिला चौधरी(रेनु)धनराज खड्का (अमृत)प्रकाश ओलि(निर्मान) रहनु भएको छ।