Wed. Apr 23rd, 2025

१८ भदौ, काठमाडौं । सरकारले वीर अस्पतालमा कोभिड—१९ संक्रमितको मात्र उपचार गर्ने तयारी गरेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका उच्च अधिकारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, वीर अस्पतालका निर्देशकसहितको बैठकले वीरलाई कोभिड अस्पताल बनाउने टुंगो लगाएको हो ।

कोभिड—१९ का कारण वीरमा आउने बिरामीको संख्या कम भएको हुँदा त्यहाँ आउने बिरामीलाई राष्ट्रिय ट्रमा सेन्टरको एउटा तलाबाट सेवा दिने व्यवस्था मिलाउन लागेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनले भने, ‘सरकारको निर्देशन अनुसार ननकोभिड बिरामीलाई ट्रमा सेन्टरमा सिफ्ट गर्ने तयारी भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *