Fri. Jan 24th, 2025

एलिन के सी
विश्व बातावरण दिवसको अबसरमा सक्सेसमा विविध कार्यक्रम सम्पन्न
जेष्ठ २२, तुलसीपुर दाङ ।
तुलसीपुर ९ बेलुवा स्थित सप्तरङ्गी इङलिस स्कुल (सक्सेस एकाडेमि ) मा विश्व बातावरण दिवसको अबसरमा समुदाय सरसफाइ तथा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ। विश्व बातावरण दिवस २०२३ को मुल नारा “Solutions to Plastic Pollution” साथै वन मन्त्रालयले तय गरेको “प्लस्टिकजन्य प्रदुसण निर्मुल पारौ, बातावरणमैत्री बिकल्पको उपयोग गरौ” भन्ने नेपालको स्थानीय नारालाइ आत्मसाथ गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। विद्यालयमा रहेको सक्सेस इको क्लबको आयोजनामा हाम्रो वातावरण शीर्षकमा प्रा.बि तथा मा.बि स्तरिय कविता प्रतियोगिता सम्पन्न गरिएको जानकारी क्लबका अध्यक्ष प्रनिस खारालले दिएका छन् ।प्रतियोगितामा प्राबी तहमा मिसिका खड्का प्रथम , चावयन पुन द्दितिय र जोनिसा रावतले तृतीय स्थान हासिल गरेका छन्। तेसै गरि माबी तहमा प्रमोद केसीले प्रथम , युरिक हिताङले द्दितिय र मनोज मल्लले तृतीय स्थान हासिल गरेको जानकारी बिधालयका प्र.अ प्रदिप ओलिले दिएका छन् ।
यसैगरी वातावरण दिवसको अवसरमा विद्यालको आयोजनामा समुदाय सरसफाइ तथा चेतना कार्यक्रम सम्पन्न गरिएको छ। तुलसीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बसन्ता केसी र भद्रकाली टोल बिकासका अध्यक्ष पदम गौतमले उक्त सरसफाइ कार्यक्रममा सहभागीता जनाएका थिए । विद्यार्थीहरुले समुदायमा सरसफाइ गर्नुका साथै फोहोर ब्यबस्थापन तथा न्यूनीकरणका बारेमा समुदायमा चेतना प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित तुलसीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य बसन्ता केसीले समुदाय स्तर बाट सरसफाइ गर्दै सिङ्गो राज्यलाइ नै फोहोर मुक्त राख्नु पर्ने मन्तव्य राख्दै सरसफाइ गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा बिधालयका सहायक प्रअ गोपाल गिरी , माबि सम्योजक बिमल नेपाल , प्राबि सम्योजक यमुना पुन तथा शिक्षक सेर सिङ डागी , नन्दु खराल, सिता गिरी, दिनेश गौतम लगायतले वातावरणको महत्त्वको बारेमा आआफ्ना भनाइहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *