Sat. Dec 14th, 2024

तुलसिपुर ११ भदौ, गोपाल गिरी तुलसिपुर क्षेत्रमा समुदाय स्तरमा कोरोना देखियपछि तुलसिपुर उपमहानगर ले निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। बुधवार भदौ १० गते तुलसिपुर क्षेत्रका विभिन्न ब्यक्ती को पिसिआर रिपोर्ट आउने क्रममा तुलसिपुर ६ का एक जना पुरुष सहित ७ जनामा कोरोना संक्रमण भेटिएपछि तुलसिपुर क्षेत्रमा कोरोना समुदायमा फैलिएको आशंका गरिएको हो। संक्रमणलाइ कसरी रोक्ने भन्ने सन्दर्भमा आज आकश्मिक सर्वपक्षिय बैठक बोलाएको उम नपा ले १० दिन का लागि निषेधाज्ञा जारी गर्ने तयारी गरेको मेयर घनश्याम पान्डे ले बताउनु भयो। बैठकमा राजनितीक दल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्वास्थ्य कर्मी, छिमेकी पालिका का प्रमुख, उद्योग वाणिण्ज्य संघ, वडा अध्यक्ष हरु र संचार कर्मी हरुले संक्रमण रोक्न तदारुक्ताका साथ लाग्नु पर्ने सुझाव दिएका थिए।सुझाव सुने का मेयर पाण्डे ले कम्तिमा १० दिन निषेधाज्ञा गर्ने तयारी रहेको बताए। हाल कुल संक्रमित को संख्या ३५ रहेको र संक्रमित हरु तुलसिपुर उम नपा मा १५ जना,शान्तिनगरमा १२ जना घोराहीमा ३ जना र बबइ गाउपालिकामा ५ जना रहेका कोरोना विशेष अस्पत्ताल बेलझुन्डी का हेल्थ असिस्टेन्ट दोर्ण बहादुर ओलि ले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *