Sat. Jan 18th, 2025


तुलसीपुर,कार्तिक ३० – नेकपा माओवादी केन्द्र तुलसीपुर वडा नं ८ ले पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
पार्टी वडा अध्यक्ष बिरबहादुर वलीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र तुलसीपुरका इन्चार्ज रामबहादुर दहितको प्रमुख आतिथ्यतामा पार्टी सम्पर्क कार्यालय तुलसीपुर ८ दोघरे नयाँ बस्ती चोकमा उद्घाटन गरिएको हो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि दहितले वडा अधिबेशनको तयारी तिब्र पार्न निर्देशन दिनुभयो ।

कार्यक्रमलाई जिल्ला सदस्य चित्रबहादुर खड्का अनुपम, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव निमबहादुर केसी, बुद्धिजीवी खगेस्वर भण्डारी लगायतकाले संबोधन गर्नु भएको थियो ।

निवर्तमान अध्यक्ष यमप्रसाद सुबेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचीव जीवन केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *