पाल्पामा कोरोनाले ३० वर्षीया महिलाको मृत्यु

Bydipak oli

२०७७ भाद्र १३, शनिबार ०२:३२ गते २०७७ भाद्र १३, शनिबार ०२:३२ गते २०७७ भाद्र १३, शनिबार ०२:३२ गते

१३ भदौ, बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् ।मुटु रोगीसमेत रहेकि ती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो