Mon. Oct 14th, 2024

असोज२८। चीनको चिङ्डाओ नगरले पाँच दिन लगाएर आफ्ना सबै ९० लाख जनसङ्ख्याको कोरोनाभाइरस परीक्षण गर्ने भएको छ।विदेशबाट आएका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोनाभाइरस परीक्षण गर्न लागिएको हो।गत मे महिनामा चीनले एक करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान सहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोनाभाइरसको सामूहिक परीक्षण गरिएको थियो।

चीनमा कोरोनाभाइरस सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेको बताइन्छ।तर संसारका अन्य धेरै देशमा कोरोनाभाइरस तीव्र गतिमा बढिरहेको छ। उनीहरुले विभिन्न चरण र प्रकृतिका लकडाउनका व्यवस्थाहरू गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *