
जेष्ठ२, तुल्सिपुर – दाङ।
आर्थिक अभावका कारण उपचार गर्न नसक्नु भएकी तुलसीपुरकी एक महिलालाई विभिन्न व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेका छन् । तुलसीपुर ५ स्वर्गद्धारी टोल बस्ने ३० बर्षिया सरिता विकको स्वास्थ्य उपचारका लागी अजम्वरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वलीको पहलमा आर्थिक संकलन गरी हस्तान्तरण गरिएको छ ।
कृषि सहकारी संस्थाले दुई हजार , संस्थाका अध्यक्ष तथा स्वर्गद्धारी टोलका अध्यक्ष समेत रहनु भएका वलीले व्यक्तिगत पाँच सय , संस्थाका उपाध्यक्ष रामकुमार वलीले एक हजार पाँच रुपैया र टोलवासीहरुको तर्फबाट एक हजार छ सय असी रुपैया गरी पाँच हजार एक सय पचासी रुपैया आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो ।
विगत एक वर्ष देखी स्वास्थ्यमा समस्या हुदा पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेको भन्दै आफुहरुले आर्थिक सहयोग गरेको उहाले बताउनुभयो । गरिवीका कारण उहाले स्वास्थ्य उपचार गराउन नसकेको हुदा उपचारका लागी भन्दै सक्दो सहयोग गरिएको उहाले बताउनु भयो । साथै सहयोग गर्ने ईच्छुक दाताहरुले सहयोग गर्न चाहेमा ९८६३१५२१२३ र ९८१०८८०५१४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।