Mon. Dec 2nd, 2024

कार्तिक १७, सल्यान/मनोज डाँगी सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ ।

जिल्लाको शारदा नगरपालिका– २ मैसेपानीनिवासी ५२ वर्षीया पार्वती खड्काको चुरोटबाट सल्किएको आगोले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राति खाना खाएर सुत्ने वेला चुरोट खाएर ननिभाएपछि महिला निदाएको र त्यसैबाट सुतेको ओच्छ्यानमा आगो सल्किँदा महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । पतिको केही वर्षअघि निधन भएको र महिलाका दुई छोरा रहे पनि हाल एक वैदेशिक रोजगारीमा तेस्रो मुलुकमा र अर्को छोरा नेपालगन्जमा रहेकाले घरमा एक्लै बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ ।

घटना रातिको भए पनि छिमेकीले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का उठाई शवको पोस्टमार्टमसमेत भइसकेको प्रहरी प्रवक्ता वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *